धनगढी। कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कोमल ज्ञवाली अग्रस्थानमा रहेका छन्। हालसम्म ४ हजार २०१ मत गणना हुँदा ज्ञवालीले १ हजार २९३ मत प्राप्त गरेका छन्।
त्यसैगरी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार जनकराज चौधरीले ९०२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्। स्वतन्त्र उम्मेदवार फागुराम थारुले ७६० मत प्राप्त गरेका छन्।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामलाल डगौरा थारुले २८५ मत पाएका छन् भने नेकपा (एमाले)का उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले ३४३ मत प्राप्त गरेका छन्।
कैलाली–१ मा मतगणना जारी रहेको छ र बाँकी मतगणनासँगै परिणाममा थप परिवर्तन आउन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कैलाली–१ मा मतगणना जारी : कोमल ज्ञवाली अग्रस्थानमा
कैलाली–१ मा मतगणना जारी : कोमल ज्ञवाली अग्रस्थानमा
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













