धनगढी । प्रतिनिधिसभा सदस्य निर्वाचन कैलाली क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार बीरमान चौधरी सुरुवाती अग्रता लिएका छन ।
हालसम्मको गणनाअनुसार नेकपाका चौधरीले ६०४ मत प्राप्त गरेका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका जगतप्रसाद जोशीले २७५ मतसहित पछ्याइरहेका छन्।
त्यस्तै नेपाली कांग्रेसका भीम बडुवालले २१५ मत प्राप्त गरेकाछन् । नेकपा एमालेका गौरीशंकर चौधरीले १०३ मत प्राप्त गरेका छन ।













