• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

चार करोड ११ लाखमा मोहना नदीमा तटबन्ध निर्माण

  •   आइतबार, चैत १५, २०८२ मा प्रकाशित

टीकापुर । वर्षौँदेखि नदी कटानको त्रासमा रहेका कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित मोहना नदीमा तटबन्ध निर्माण भएको छ । मोहना नदीमा रु चार करोड ११ लाखमा ६८० मिटर लामो बिगबोल्डर ९ठूला ढुङ्गाको प्रयोग गरी० तटबन्ध निर्माण भएपछि स्थानीयले त्रास कम भएको प्रतिक्रिया दिएका छन् ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले रु चार करोड ११ लाख लागतमा तटबन्ध निर्माण सम्पन्न गरेको जनाएको छ । बर्खायामका साथै हिउँदमा पनि बर्सेनि कटान हुने गरेकामा तटबन्ध निर्माण भएपछि कटानको समस्या रोकिएको स्थानीय खडग धामीले बताए ।

“कटानले नेपाल(भारत सीमामा रहेका १०५ नम्बर पिलरसमेत जोखिममा परेका थिए । बर्खामा कतिबेला घर बगाउने हो, भन्ने त्रास हुन्थ्यो । रातिको समयमा त्रासका कारण स्थानीय अनिदो बस्नुपर्ने बाध्यता थियो । यसपटक निद्रा लाग्ने भयो”, उनले भने, “सयौँ बिघा जमिन नदीले कटान गर्दा कतिपय परिवार विस्थापित भएका छन् ।”

लालपूर्जा हातमा भएको जमिनमा यतिखेर नदी बगिरहेको बताउँदै धामीले यो तटबन्ध पाँच वर्षअघि निर्माण भएको भए अधिकांश परिवार विस्थापित हुनुपर्ने अवस्था नआउने धारणा राखे । उनका अनुसार तटबन्ध निर्माणका लागि पटकपटक मन्त्रालय र स्थानीय निकायलाई आग्रह गरेपछि काम भएको हो ।

तटबन्ध बनेपछि भारतको वैष्णेदेवी मन्दिरमा दर्शन गर्न जान तथा त्यहाँबाट पर्यटक यता आउन पनि सहज भएको स्थानीय रणसिंह धामीले बताए । गत आर्थिक वर्षको बजेटबाट तटबन्ध निर्माण भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कञ्चनपुरका इञ्जिनियर उत्तम सुवेदीले बताए ।

पूर्वप्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपानेले भने, “यहाँका नागरिकले लामो समयदेखि तटबन्धको माग गरिरहेका थिए, विगतमा गरिने जस्तो तटबन्ध टिकाउ नहुने भएकाले अहिले ठूला ढुङ्गाको प्रयोग गरी बनाइएको छ । नदीले कटान र डुवानबाट पीडित भएका स्थानीयले राहत महसुस गरेका छन् ।”

सुक्खायाममा पनि कटानको समस्याले स्थानीय सास्ती र त्रासमा रहेकामा अब समस्या समाधान भएको न्यौपानेले धारणा राखे । “सरकारले जनताको वास्तविक आवश्यकता पहिचान गरेर विकास गर्ने हो भने मात्र जनतालाई लाभ पुग्छ”, उनले भने ।

मोहना नदी कटानले नेपाली भूभाग भारततर्फ धकेलिएको स्थानीय बताउँछन् । नदीपारी नेपाली भूमि धकेलिएपछि नेपाली नागरिकले त्यहाँ गएर खेतीसमेत गर्न सकेका छैनन् । भारतीय नागरिकले नेपाली भूमि नदीपारी हुँदा उपभोग गर्दै आएका स्थानीय वीरबहादुर चौधरीले बताए ।

कैलालीमा कर्णाली, मोहनालगायत नदीले बर्सेनि सयौँ बिघा जमिन कटान गर्दै आएका छन् । कर्णाली नदीले धार परिवर्तन गर्दा टीकापुर नगरपालिका र जानकी गाउँपालिका जोखिममा पर्दै आएका हुन् । टीकापुर नगरपालिका–२, ५, ७, ८ कर्णाली नदीबाट हुनसक्ने कटानको जोखिममा छन् ।

यहाँ रानीजमरा कुलरिया सिँचाइ आयोजनाले करिब १२ ठाउँमा तटबन्ध निर्माण गरेको छ । आयोजनाले अगाडि तटबन्ध गर्दै जाने, नदीको धार परिवर्तन भएकाले पछाडि कटान हुँदै जाँदा नदी नियन्त्रणमा समेत समस्या भएको जनाएको छ । नदी नियन्त्रणका लागि अहिलेको अवस्था अनुसार दीर्घकालीन समस्या समाधान हुने खालको तटबन्ध निर्माणमा योजना बनाएर कटानबाट हुने क्षतिबाट बस्ती जोगाउन सकिने स्थानीय चौधरीले धारणा राखे ।रासस

आइतबार, चैत १५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.