धनगढी- लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट कैलाली क्षेत्र नम्बर ५ (क) प्रदेश सभा सदस्यका उम्मेदवार रमेशसिंह धामीले आफ्नो क्षेत्रमा मतदाता भेटघाटलाई तीब्र्रता दिएका छन् । बुधबार धनगढीको वडा नम्बर ७ र १७ मा चुनावी वडा सभा र वडा सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् ।
चुनावी सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्यका उम्मेदवार धामीले सघीय लोकतात्रिक व्यवस्था र संविधानलाई बचाउनका निम्ती पाँच दल एक ठाँउमा आएको बताए । गठबन्धनलाई विजय गराउनका लागि सबै एक ठाँउमा आउन आवश्यक रहेको उनले बताए । उनले आफू सँधै जनताकै माझमा रहेको र आगामी दिनमा पनि रहने बताए । ‘पाँच वर्षसम्म गठबन्धन रहोस् नरहोस् म जनताकै माझ रहनेछु,’ उनले भने ।
आफनो निर्वाचन क्षेत्रका वडाहरु विकासका दृष्टिकोणले पछाडि रहेकाले पुल निर्माण, बाटोृघाटो, तटबन्ध, स्वास्थ्य, शिक्षालगायतका विषयहरु आवश्यक रहेको बताए । उनले आफूले अवसर पाए ति आवश्यकता परिपूर्ति गर्न लागिपर्ने बताए । साथै उनले धनगढीमा प्रमुख पर्यटकीय क्षेत्र जोखरताललाई अन्तराष्ट्रिय पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न बताए ।













