धनगढी । बझाङमा पानी जमेको खाल्डोमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।
जिल्लाको बित्थडचिर गाउँपालिका–१ को माथिल्लो बित्थडमा शुक्रबार पानी जमेको खाल्डोमा डुबेर बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पानीमा डुबेर सोही ठाउँका गगन बोहराका ५ वर्षीय छोरा जेनिस र सन्तोष बोहराका ६ वर्षीया छोरी प्रिन्साको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक बिष्टले जानकारी दिए ।
उनका अनुसार दुवै जना छिमेकीको घर नजिकै शौचालय निर्माण गर्न खनेको खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा दिउँसो सवा २ बजेतिर मृत भेटिएका थिए ।













