काठमाडौँ । थापाथलीस्थित सुकुमबासी बस्ती भत्काउन डोजर प्रयोग गरिएको छ । बाक्लो संख्या प्रहरी परिचालन गरेर शनिबार बिहान साढे ८ बजेदेखि डोजर चलाइएको हो ।
डोजर चलाइरहँदा हालसम्म कुनै विरोध तथा प्रदर्शन देखिएको छैन् । शुक्रबार भने थापाथली क्षेत्रमा सुकुमबासीको नाममा प्रदर्शन भएका थिए । सुकुमबासीहरु आ–आफ्नो सामान प्याक गरेर सुरक्षित स्थानतर्फ बाहिरिएका छन् ।
सामान हटाइएका क्षेत्रमा अहिले डोजर चलाउन सुरु भएको हो । सरकारले वास्तविक सुकुमबासीलाई तत्कालका लागि ५ स्थानमा व्यवस्थापन गर्ने जनाएको छ ।



















