धनगढी । धनगढीको एक होटेलमा करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन।
२० वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले डडेल्धुराको अमरगढी नगरपालिका–२ का ३१ वर्षीय सुरेश अवस्थीलाई पक्राउ गरेको हो।
धनगढी उपमहानगरपालिका–४ मा रहेको संजोग होटलमा जबरजस्तीकरणी गरेको भन्ने उजुरी परेपछि प्रहरीले युवकलाई पक्राउ गरेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमल्सिनाले बताए।
आरोपितलाई हिरासतमा राखेर थप अनुसन्धानको कार्य भइरहेको छ ।













