धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता डा.भीम रावलले सुदूरपश्चिम प्रदेशमा इन्चार्जको जिम्मेवारी प्रति असन्तुष्टी व्यक्त गरेका छन ।
उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत इन्चार्जको जिम्मेवारी आफूलाई भन्दा पनि युवापुस्तालाई दिन सुझाव दिएका हुन् ।
रावलले लेखेका छन्, ‘सबैजसो प्रदेशमा युवापुस्तालाई इन्चार्जको जिम्मा दिएर सुदूरपश्चिम प्रदेशमा बुढापुस्तालाई जिम्मेवारी दिनु अलि मिलेन । त्यहाँ पनि युवापुस्तालाई नै इन्चार्जको जिम्मेवारी दिनु उपयुक्त हुन्छ ।’
पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले ७ भूगोल प्रदेश र २ गैरभौगोलिक प्रदेशमा इञ्चार्ज र संयोजकहरू तोकेको थियो ।













