धनगढी । कैलाली र कञ्चनपुरबाट दुईजना फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले बहुविवाह मुद्दामा १८ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएकी धनगढी उपमहानगरपालिका–१८ बस्ने गोमा बोहरा बयडीलाई इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले मंगलबार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
त्यस्तै, जिल्ला अदालत कञ्चनपुरको २०८२ जेठ ३० गतेको फैसलाले अपहरण तथा व्यक्ति बेपत्ता सम्बन्धी कसुर मुद्दामा १० वर्ष कैद सजाय र ३ लाख जरिवाना तोकिएको शुक्लाफाँटा नगरपालिका–१० बस्ने ४५ वर्षीय मोहनसिंह ऐरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो भीमदत्त नगरपालिका–४ दशरथचोक निजकैबाट पक्राउ गरेका जनाएको छ।













