धनगढी । कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका-३ बिशालनगर बस्ने ३० की नन्दकला विकको बुधबार साँझ करेन्ट लागेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
विकलाई आफ्नै घर अगाडि नल्कामा पानी तान्ने मोटरबाट करेन्ट गम्भीर घाइते भई उपचारको लागि मायामेट्रो अस्पतालमा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जनाइएको छ ।



















