काठमाडौं- सशस्त्र प्रहरी बलका चार जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले असोज ३१ गते गरेको निर्णयअनुसार उनीहरूको आवश्यकताका आधारमा काज सरुवा भएको सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले जनाएको छ ।
जस अनुसार सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेललाई नुवाकोटबाट सप्ततरी, प्रदीप खड्कालाई सप्तरीबाट नुवाकोट, रमेशविक्रम शाहीलाई मानव स्रोत विभागबाट वैद्यनाथ बाहिनी मुख्यालय कैलाली र डम्बरबहादुर बिष्टलाई बाँकेबाट दार्चुला सरुवा गरिएको छ ।














