धनगढी ।नेपाली कांग्रेसका सभापति गगन थापा धनगढी पुगेका छन । उनलाई गेटा बिमानस्थलमा सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, पार्टिका सहमहामन्त्री प्रकाश स्नेही लगायत नेता कार्यकर्ताले स्वागत गरे ।आजदेखि काँग्रेसले सुदूरपश्चिम प्रदेशस्तरीय भेला धनगढीमा आयोजना गरेकाे हाे । विशेष महाधिवेशनपछि कांग्रेसले प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो।
भेला आइतबार सम्म सञ्चालन हुनेछ। भेलाकाे कांग्रेसका सभापति गगनकुमार थापाले उद्घाटन गर्दैछन । भेला उद्घाटन गर्न सभापति थापा धनगढी पुगेका हुन । भेलाकाे आज दिउसाे १ बजे उद्घाटन हुनेछ । भ्लामा सम्बाेधन गर्न उपसभापति बिश्वप्रकाश शर्मा, महामन्त्री गुरु घिमिरे लगायत नेताहरु शुक्रबार नै धनगढी पुगिसकेका छन । यसअघि प्रतिनिधि सभा निर्वाचनका क्रममा सभापति थापासहितका नेताहरूले सुदूरपश्चिममा चुनावी सभा गर्न प्रयास गरे पनि आन्तरिक समन्वय अभावका कारण कार्यक्रम हुन सकेकाे थिएन ।
सभापति गगन थापा धनगढीमा केही बेरमा भेलाकाे उद्घाटन गर्ने
सभापति गगन थापा धनगढीमा केही बेरमा भेलाकाे उद्घाटन गर्ने
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













