धनगढी । कैलालीबाट लागुऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका-१ बस्ने २३ वर्षीय प्रमोद थारु रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
थारुलाई कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ७१० मिलिग्राम र ७ पिस नाईट्रोभेट ट्याबलेट सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थसहित थारुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



















