धनगढी । कैलालीमा एकजना पुरुष मृत अवस्थामा फेला परेका हुन ।
जिल्लाको लम्कीचुहा नगरपालिका-३ चिसापानी टुक्कीबजार स्थित कर्णाली नदी किनारमा नामथर, वतन नखुलेका अन्दाजी ५६ वर्षीय परुष बुधबार साँझ मृत अवस्थामा फेला परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।



















