धनगढी । कञ्चनपुरबाट दुईजना फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका उनीहरू प्रहरीले पक्राउ गरेको हो ।
वहुविवाह मुद्दामा १ बर्ष कैद सजाय र रु.५ हजार जरिवाना तोकिएकी बेलौरी नगरपालिका-२ बस्ने ३२ वर्षीया भावना चौधरी र चोरी मुद्दामा ३ महिना कैद सजाय तोकिएको बेलौरी नगरपालिका-३ खिरिया बस्ने २४ वर्षीय निरज राना पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।



















