। कैलालीमा भन्सार छलीका माछासहित एकजना पक्राउ परेका छन ।
जिल्लाको धनगढी उपमहानगरपालिका-१० जुगेडा कटानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.२ लाख ८८ हजार बराबरको माछा र अन्दाजी मूल्य रु.१८ लाख बराबरको गाडीसहित चालक सोही ठाउँ बस्ने ४० वर्षीय राजेश राना पक्राउ परेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ रानालाई नियन्त्रणमा लिएको हो ।



















