• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २७, २०८३
☰
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २४ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • २. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ३. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ४. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ५. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ६. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ७. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ८. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ९. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • १०. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु

  •   शनिबार, जेठ ०२, २०८३ मा प्रकाशित

धनगढी । कैलालीको धनगढीमा ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम कचहरीको शनिबार उद्घाटन गरेका हुन्।

उद्घाटन सत्रमा उनले सुदूरपश्चिममा अपार सम्भावना रहेको भन्दै ती सबै सम्भावनाहरूमार्फत समृद्धिको ढोका खोल्नुपर्ने बताए। उनले दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमले प्रदेश र संघीय सरकारलाई विकासको बाटो देखाउने विश्वास व्यक्त गरेका थिए।

‘सुदूरपश्चिम प्रदेशमा अपार सम्भावनाहरू छन्। ती सबै सम्भावनाहरूलाई यो कार्यक्रमले नीतिगत रूपमा समृद्धितर्फ केन्द्रित बनाउने विश्वास लिएको छु, ’ मुख्यमन्त्री शाहले भने, ‘दुई दिनको छलफल र त्यसको निष्कर्षले सरकारलाई नीतिगत सुधारका सुझावहरू पनि दिने विश्वास लिएको छु।’

उद्घाटन सत्रमा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले जेठ २ र ३ गते हुने कार्यक्रमले सुदूरपश्चिम प्रदेशको समग्र विकास र समृद्धिलाई झल्काउने बताएका थिए।

सुदूरपश्चिम प्रदेशमा पर्याप्त सम्भावना हुँदाहुँदै पनि समृद्धितर्फ लम्किन नसकेको भन्दै यस्ता कार्यक्रमहरूले त्यो भूमिका निर्वाह गर्ने उनले बताए। कार्यक्रमहरूले प्रदेशको समृद्धि र सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन मद्दत पुग्ने उनले बताएका थिए ।

कार्यक्रमबारे प्रकाश पार्दै पूर्वमन्त्री तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य नरेश शाहीले सुदूरपश्चिमको स्वाभिमान झल्काउने उद्देश्य रहेको बताए।
‘दुई दिने कार्यक्रममा शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी, कृषि, पूर्वाधार, सुरक्षित आप्रवासन तथा सुशासनका विषयमा आधारित नीतिगत बहस गरी साझा विकास दृष्टिकोण तयार गरिनेछ, ’ उनले भने, ‘कार्यक्रममा उठेका निष्कर्ष तथा सुझावलाई नेपाल सरकारको आगामी बजेट तथा नीति निर्माण प्रक्रियामा समावेश गराउन केन्द्र सरकारसमक्ष पठाइनेछ। ’

कुमाउँ विश्वविद्यालय, नैनीताल, भारतका प्राध्यापक डा रितेश शाहले सुदूरपश्चिम प्रदेशमा थुप्रै सम्भावना रहेको बताउँदै ती सम्भावनाहरूको प्रचारप्रसार गर्न आफूहरूले पनि भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए।

सुदूरपश्चिम विकास फाउन्डेसनका अध्यक्ष शेरबहादुर शाहीले दुई दिनसम्मको बहस र छलफलले संघीय र प्रदेश सरकारलाई नीतिमार्फत समस्या समाधान गर्न सहज हुने बताएका थिए।

‘हामीले तपाईंहरू सबैका रचनात्मक सुझावहरूको अपेक्षा गरेका छौँ, ’ उनले भने, ‘यहाँको बहस छलफलमै केन्द्रित हुनुहुँदैन। संवादमार्फत नीतिगत सुधारको पहल हुनुपर्छ।’ विकासका लागि स्पष्ट दृष्टि, इमान्दारिता र साझा उत्तरदायित्वका लागि सार्थक राष्ट्रिय बहसको सुरुवात भएको उनले बताए।

नीति तथा प्रदेश योजना आयोगको समन्वयमा सुरु भएको कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा जीवन रानाले दोस्रो पञ्चवर्षीय योजनाबारे जानकारी गराएकी थिइन् ।

उद्घाटन सत्र सकिएलगत्तै सुदूरपश्चिम प्रदेशको सम्भावना र समृद्धिबारे नीतिगत बहस सुरु भएको थियो ।
राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापा, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बैकुण्ठ अर्याल र नीति तथा योजना आयोगका उपाध्यक्ष डा जीवन रानाबीचको बहस वरिष्ठ पत्रकार टिकाराम यात्रीले सहजीकरण गर्नेछन्।

सुदूरपश्चिमको स्वाभिमान, ऐतिहासिक विरासत र पहिचान विषयमा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, उपकुलपति डा. टीएन जोशी, बासुदेव पाण्डे र यज्ञराज उपाध्यायबीच बहस हुनेछ। यस सत्रको सहजीकरण पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज भट्टले गर्नेछन्।

पहिलो दिनको अन्तिम सत्र ‘संघीयताको अभ्यासः अनुभव, चुनौती र सुधारको बाटो’ विषयमा केन्द्रित हुनेछ। त्यसमा पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट, दीर्घ सोडारी, संघीयता विज्ञ खिमलाल देवकोटा, सोमत घिमिरे र परशुराम उपाध्याय सहभागी रहनेछन्। उक्त सत्रको सहजीकरण वरिष्ठ पत्रकार मनमोहन स्वारले गर्नेछन्।

दुई दिने कार्यक्रममा संघ, प्रदेश तथा स्थानीय तहका सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, नागरिक समाज, सञ्चारकर्मी तथा विज्ञहरूको सहभागिता रहनेछ।

शनिबार, जेठ ०२, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम सरकारको बजेट पारित
सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा
चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै
बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति
सुदूरपश्चिममा बजेट विवाद, कांग्रेसले सदन बहिष्कार गर्ने
प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

समाचार

सबै

सुदूरपश्चिम सरकारको बजेट पारित

सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै

बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति

सुदूरपश्चिम सरकारको बजेट पारित

सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै

बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २४ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • २.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ३.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ४.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

  • ५.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ६.
    अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.