धनगढी । कञ्चनपुरबाट एकजना फरार प्रतिवादी पक्राउ परेका छन ।
उच्च अदालत दिपायलको २०८२ पुस २ गतेको फैसलाले बहुविवाह मुद्दामा १ बर्ष कैद सजाय र रु.१० हजार जरिवाना तोकिएकी भीमदत्त नगरपालिका-११ बागफटा बस्ने २६ वर्षीया निर्मला रतुकी पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
रतुकीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले शनिबार साँझ सोही नगरपालिका- २ भासीबाट पक्राउ गरेको जनाएको छ ।













