धनगढी । कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
शनिबार जिल्लाको घोडाघोडी नगरपालिका-१० भाकलस्थित कान्द्रा नदीमा डुबेर सोही ठाउँ बस्ने भद्र बमको छोरा ९ वर्षीय सुशील बमको शनिबार दिउँसो मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुना साथ प्रहरी चौकी पहलमानपुरबाट खटिएको प्रहरीले डुबेकै ठाउँबाट फेलापारी डुबेर अशक्त भएका उनको धनगढीस्थित निसर्ग अस्पतालमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जनाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



















