धनगढी- कैलालीमा चितुवाको बच्चा फेला परेको छ। जिल्लाको लम्कीचुहा नगरपालिका(४ बलिया भन्ने स्थानमा चितुवाको बच्चा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बलियामा चितुवाको बच्चा भेटिएको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय लम्की र इलाका वन कार्यालय लम्कीको संयुक्त टोली त्यहाँ पुगेको थियो। उक्त चितुवाको बच्चा नियन्त्रणमा लिई इलाका वन कार्यालयलाई बुझाइएको बताइएको छ।













