धनगढी । कञ्चनपुरमा एकजना मृत अवस्थामा फेला परेका छन ।
जिल्लाको भीमदत्त नगरपालिका-९ जमुनाभाडी स्थित भित्री कच्ची सडक छेउमा सोही ठाउँ बस्ने ४५ वर्षीय गौरी सार्की आइतबार साँझ मृत अवस्थामा फेला परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।













