धनगढी । दार्चुलामा अवैध लागुऔषधसहित तीनजना पक्राउ पक्राउ परेका छन ।
पक्राउमा दुहुँ गाउँपालिका-१ स्थायी घर भई महाकाली नगरपालिका-४ बाङ्गाबगर बस्ने ३० वर्षीय रबि कुँवर, नौगाड गाउँपालिका-१ दल्लेख बस्ने २२ वर्षीय देवेन्द्र चुनारा र व्यास गाउँपालिका-१ तिङकर बस्ने ३४ वर्षीय प्रलभ तिंकरी रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरूलाई महाकाली नगरपालिना-४ बाङ्गाबगरबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ४ ग्राम ९५० मिलिग्राम, लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ३८ ग्राम १५० मिलिग्राम र १ थान डिजिटल तराजुसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
रवि कुवँरको घरमा लागुऔषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले घर कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।













