धनगढी । कैलालीबाट प्रहरीले अवैध भन्सार छ्लीका सामान नियन्त्रणमा लिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका-२ भन्सार कार्यालय नजिक, वडा नं ८ कान्तिपुर टोल र कैलारी गाउँपालिका-५ छोटी पलियाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.७२ हजार १ सय बराबरका सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यका चिनी, बिडी, बिभिन्न किसिमका कपडा, मसला, प्लाष्टिक थाली, मोजा, कट्टु लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।



















