धनगढी । कैलालीबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
मंगलबार जिल्लाको धनगढी उपमहानगरपालिका-३ सिसा पोष्ट, वडा नं ७ मनेहरा,भजनी नगरपालिका-७ हलौनाघाट र जानकी गाउँपालिका- ४ मुनुवाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.२ लाख ६९ हजार ६६० बराबरका सामान नियन्त्रणमा लिएको हो ।
उक्त मूल्यको चिनी, सुर्ती, सरप, पास्ता, इम्ली, सुटपिस, मोटरका विभिन्न सामान, किरानाका सामान, एक थान मोटरसाइकललगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।













