धनगढी ।नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति विरबहादुर बलायरले एकताका नाममा सलेण्डर पनि नगर्ने बताएका छन । उनले आफुहरुले पार्टिका लागि याेगदान दिएकाे उल्लेख गर्दै सलेण्डर नै गर्ने अवस्थामा नरहेकाे बताए ।
बुधबार सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीमा आयाेजित पत्रकार सम्मेलनमा सभापति बलायरले
विशेष महाधिवेषनबाट आएकाे नेतृत्वलाई स्विकार गरेपनि भावनात्मक रुपमा एकता हुन नसकेकाे बताए । अब भावनात्मक रुपमा एकता गर्ने जिम्मेवारी बर्तमान सभापति गगन थापामा रहेकाे र उनकाे भुमिकाले काँग्रेसकाे भविष्य निर्धारण गर्ने प्रदेश सभापति बलायरकाे भनाई छ ।
सभापति बलायरले ईतिहाँसमै पहिलाे पटक नेपाली काँग्रेस कमजाेर अबस्थामा रहेकाे बताए । सभापति बलायरले भने – सानेपा र बाहिर रहेकाे शक्ति एकठाउँमा रहाेस भन्ने हनम्राे चाहाना छ, तर त्याे पूरा गर्न जिम्मेवारी सभापति गगन थापाकाे हाे । सभापति बलायरले पुराना नेताकाे मानमर्दन नहुने गरि
अब १५ ओ महाधिवेशन सुनिश्चित गर्न एकता अपरिहार्य रहेकाे बताए ।
एकतालाई वल पुर्याउन सुदुरपश्चिम प्रदेश समितिले यहि जेठ १० गते धनगढीमा प्रदेश स्तरिय भेला आयाेजना गरेकाे प्रदेश सभापति बलायरले जानकारी दिए । सभापति बलायरले भने -याे कुनै गुटकाे भेला हैन, केन्द्रलाई सम्मानजनक एकताका लागि दवाव दिन भेला हाे ।
सभापति बलायरले काँग्रेस सक्ने प्रयास भएकाे बताउदै एकताका लागि पुर्ण रुपमा तयार तर दाेहाेराे संवाद र सहकार्य आवश्यक रहेकाे उल्लेख गरे । काँग्रेस बिभाजन हुदैछ भन्ने हल्ला सत्य नभएकाे उल्लेख गर्दै सभापति बलायरले निबर्तमान सभापति शेर बहादुर देउवाकाे पार्टि बिभाजन गर्ने कुनै मनासय नरहेकाे बताए ।
नेपाली काँग्रेस विवाद सलेण्डर पनि गर्दैनाै : प्रदेश सभापति बलायर
नेपाली काँग्रेस विवाद सलेण्डर पनि गर्दैनाै : प्रदेश सभापति बलायर
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार



















