धनगढी । कैलालीबाट ५ जना फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला अदालत कैलालीको फैसलाले कर्मचारीलाई नाप नक्सा गर्न बाधा अवरोध गरेको मुद्दामा ३ महिना कैद सजाय तोकिएका लम्कीचुहा नगरपालिका-४ बस्ने धनबहादुर मगर र सोही मुद्दामा १ महिना कैद सजाय तोकिएका सोही ठाउँ बस्ने कालु आउजी, दुदा दमाई, धिर्का रावत र चन्द्रसिंह दानीलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले बुधबार निजहरुकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।



















