धनगढी । कैलालीका धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले बाजुरास्थित रानीसैन क्षेत्रलाई संरक्षित क्षेत्र बनाउन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत संघीय सरकारलाई यस्तो आग्रह गरेका छन् । रानीसैन क्षेत्र पर्यटन, बहुमूल्य जडीबुटी र लोपउन्मुख वन्यजन्तुको स्थान भएको समेृत उल्लेख गरेका छन् ।
उनले भनेका छन् ‘रानीसैन क्षेत्र देशको महत्वपूर्ण सम्पति हो, तसर्थ सम्पूर्ण नेपालको जित हुने गरी संघीय सरकारले यसलाई संरक्षित क्षेत्र बनाई सुरक्षा फौज राखी संरक्षण गर्न हुन अनुरोध गर्दछु ।’













