धनगढी । कैलालीबाट अवैध भन्सार छलीका सामानसहित एक भारतीय नागरिक पक्राउ परेका छन ।
जिल्लाको धनगढी उपमहानगरपालिका-१९ खेदाघाटबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.२ लाख ५८ हजार ८०० बराबरको डिजेल र एक थान मोटरसाइकलसहित चालक भारतको सुडा बस्ने ३५ वर्षीय उमेश गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ फेला पारी उक्त डिजेल र मोटरसाइकलसहित गुप्तालाई नियन्त्रणमा लिएको जनाएको छ ।



















