धनगढी । कैलालीमा प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका-३ नेशनल ट्रेडिङ् नजिक र वडा नं १९ खेदाघाटबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.२, लाख १० हजार १०० बराबरका सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यका बिडी, सुर्ती, प्लाष्टिक झिल्ली, वोईलर कुखुरा, एक थान मोटरसाइकल लगायतका सामानहरु बिहीबार जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।













