धनगढी । कैलालीबाट अवैध लागुऔषध खैरो हेरोइनसहित एकजना पक्राउ परेका छन ।
जिल्लाको भजनी नगरपालिका-५ प्रहरी चेकपोष्ट नजिकबाट २ ग्राम ४६० मिलिग्राम लागुऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित घोडाघोडी नगरपालिका-१० लठैया बस्ने १९ वर्षीय आदित चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
भारतबाट नेपालतर्फ आँउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले से २ प ७४१० नम्बरको मोटरसाइकलमा सवार चौधरीलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ र मोटरसाइकलसहित पक्राउ गरेको जनाएको छ ।













