धनगढी । नवजीवन सहकारी संस्था लिमिटेडको भोलि जेठ ९ गते हुने सञ्चालक समितिको निर्वाचनमा सदस्य पदकी उम्मेदवार समाजसेवी कोपिला कुँवरले आफूलाई मतदान गरिदिन सहकारीका सम्पूर्ण शेयर सदस्यसँग अपिल गरेकी छन् ।
आफ्नो क्रम संख्या २ रहेको जानकारी दिँदै कुँवरले सहकारीका सम्पूर्ण शेयर सदस्यलाई आफूलाई मतदान गरिदिन अपिल गरेकी हुन् । आफू निर्वाचित भए सहकारीमा निस्वार्थरूपमा शेयर सदस्य तथा संस्थाको हकहितमा सक्रियरूपमा काम गर्ने उनले बताइन् ।
विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएकी कुँवरले सहकारीको विकास, पारदर्शिता, सुशासन तथा सदस्यहरूको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
उनले सदस्यहरूको साथ, विश्वास र मायाले आफूलाई अघि बढ्ने प्रेरणा मिलेको उल्लेख गर्दै निर्वाचनमा विजयी गराइदिन आग्रह गरेकी छन् । “तपाईंको विश्वास, मेरो जिम्मेवारी” भन्ने नारासहित उनले सम्पूर्ण शेयर सदस्यलाई क्रम संख्या २ मा मतदान गर्न अपिल गरेकी छन् ।













