धनगढी । कैलालीबाट एकजना फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला अदालत कैलालीको फैसलाले लागुऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएका जानकी गाउँपालिका-७ गौलौरी बस्ने २२ वर्षीय रवि कुमाल थारु पक्राउ परेको प्रहरीले जनाएको छ ।
थारुलाई इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।













