धनगढी । कञ्चनपुरमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छ्न ।
जिल्लाको भीमदत्त नगरपालिका-६ ऐठपुरस्थित नहर छेउमा अछामको पंचदेवल बिनायक नगरपालिका-६ तोली बस्ने ४५ वर्षीय कमल बिष्ट शुक्रबार साँझ मृत अवस्थामा फेला परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।













