धनगढी । कैलालीबाट अवैध लागुऔषध खैरो हेरोइनसहित एकजना पक्राउ परेका छन ।
जिल्लाको टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ४०० मिलिग्रामसहित टिकापुर नगरपालिका-१ एकतानगर बस्ने १९ वर्षीय नरेश परियारलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थसहित परियारलाई पक्राउ गरेको जनाएको छ ।













