• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २७, २०८३
☰
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • २. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ३. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ४. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ५. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ६. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ७. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ८. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

  • ९. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • १०. अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

भारतमा चोरी गरिएका दुई करोड बढीका गरगहना कैलालीबाट बरामद, तीन जना पक्राउ

  •   आइतबार, जेठ १०, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रहरीले भारतको दिल्लीमा चोरी भएका दुई करोड रुपैयाँभन्दा बढी मूल्यका गरगहना र नगद बरामद गरेको छ। लामो अनुसन्धानपछि प्रहरीले चोरीमा संलग्न तीन जनालाई पक्राउ गर्दै ठूलो परिमाणमा धनमाल फेला पारेको हो।

प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले दिल्लीको राजेन्द्रनगरस्थित भारतीय नागरिक संजयकुमार माखीजाको घरमा भएको चोरी प्रकरण अनुसन्धान गरेको थियो। माखीजाको घरमा फागुन १३ गते चोरी भएको थियो।

प्रहरीका अनुसार माखीजाको घरमा काम गर्ने बाजुराको बुढीगंगा नगरपालिका–१० का उपेन्द्र रावतको समूहले चोरी गरेको खुलेपछि भारतीय प्रहरीमार्फत नेपाल प्रहरीमा उजुरी परेको थियो। सोही सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै रावतसहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाजुराको खप्तडछेडेदह गाउँपालिका–३ का लोकेश धामी र चोरीको सामान खरिद गर्ने अछामको साँफेबगर नगरपालिका–४ का अर्जुन सुनार रहेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० ओमबहादुर रानाका अनुसार पक्राउ परेकाहरूको साथबाट दुई करोड सात लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरिएको छ। बरामद सामग्रीमा एक करोड ३४ लाख रुपैयाँ बराबरका १२ वटा महँगा घडी, ४३ लाख ३३ हजार १४५ रुपैयाँ बराबरका सुनका गरगहना, १५ लाख ५६ हजार रुपैयाँ बराबरका हिरा तथा सुनका रिङ, दुई लाख १५ हजार ५३० रुपैयाँ बराबरका चाँदीका गरगहना र करिब तीन लाख रुपैयाँ बराबरको सुन रहेको छ।

यस्तै, उनीहरूको साथबाट १२ लाख ९० हजार नेपाली रुपैयाँ नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। विभिन्न देशका मुद्रा र नगद सम्बन्धित धनीलाई फिर्ता बुझाइएको छ।

भारतीय दूतावासमार्फत नेपाली प्रतिनिधिसहित पीडित पक्ष शुक्रबार कैलाली पुगेपछि जिल्ला प्रहरी कार्यालयमार्फत बरामद गरिएका सामान हस्तान्तरण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० नरेन्द्र चन्दले जनप्रतिनिधिको रोहबरमा सम्बन्धित धनीलाई सामान बुझाइएको जानकारी दिए।

चोरी भएका सामान फिर्ता पाएपछि भारतीय नागरिक संजयकुमार माखीजाले नेपाल प्रहरीको प्रशंसा गरेका छन्। उनले हराइरहेका बाँकी सामानसमेत फेला पर्ने आशा व्यक्त गर्दै चोरीको धनमाल बरामद गर्न भूमिका खेल्ने नेपाल प्रहरीलाई धन्यवाद दिएका छन्।

प्रहरीका अनुसार माखीजाको घरबाट चोरी भएका सबै सामान भने अझै फेला पर्न सकेका छैनन्। पक्राउ परेकाहरूले केही सामान अन्य व्यक्तिले लगेको दाबी गरे पनि उनीहरूले नाम लिएका व्यक्ति हालसम्म पक्राउ परेका छैनन्। उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

पछिल्लो समय भारतमा घरेलु कामदारका रूपमा जाने केही व्यक्तिले घरधनीको विश्वास जितेर गरगहना तथा नगद चोरी गरी नेपाल ल्याउने घटना बढ्दै गएको प्रहरीले जनाएको छ। तर स्पष्ट कानुनी व्यवस्था अभावमा सार्वजनिक मुद्दा चलाउने बाहेक थप कारबाही गर्न कठिन हुने अवस्था रहेको प्रहरीको भनाइ छ।

 

  • तीन पक्राउ
आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम सरकारको बजेट पारित
सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा
चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै
बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति
सुदूरपश्चिममा बजेट विवाद, कांग्रेसले सदन बहिष्कार गर्ने
प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

समाचार

सबै

सुदूरपश्चिम सरकारको बजेट पारित

सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै

बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति

सुदूरपश्चिम सरकारको बजेट पारित

सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै

बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • २.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ३.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ४.
    अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ५.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ६.
    सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.