धनगढी । धनगढीको नवजीवन सहकारी संस्थाको नेतृत्व चयनका लागि शनिबार भएको चुनावको मतगणना जारी छ । धनगढीस्थित ओम पार्टी प्यालेसमा गणना भइरहेको छ ।
पछिल्लो मतपरिणाम हेर्दा अध्यक्षमा गोपालराज पाठक र केशवराज मिश्रबीच कडा प्रतिस्पर्धा भइरहेको पाइएको छ । पदाधिकारी तर्फको कुल चार हजार २५९ मत गणना हुँदा पाठक ३१ मतले अग्रता लिइरहेका छन् ।
उनलाई मिश्रले पछयाइरहेका छन् । पाठकले एक हजार तीन सय ७१ मत प्राप्त गर्दा मिश्रले एक हजार ३४० मत पाएका छन् । अर्का उम्मेदवार घनबहादुर शाहले एक हजार १९ मत पाएका छन् ।
कुल ४० हजार ८१४ मतदाता रहेकोमा १५ हजार २४१ मत मात्रै खसेको थियो ।













