धनगढी । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला धनगढीमा सुरु भएको छ ।
प्रदेश समितिको आयोजनामा सुरु भएको भेलामा पूर्व केन्द्रीय सदस्य एनपी साउँद प्रमुख अतिथि रहेका छन् । भेलाको अध्यक्षता प्रदेश सभापति वीरबहादुर बलायरले गरिरहेका छन् ।
भेलामा संस्थापन पक्षका कोही पनि नेता सहभागी छैनन्।
भेलामा पूर्व केन्द्रीय सदस्य रमेश लेखक, मोहन बस्नेत, कुन्दन काफ्लेलगायत सुदूरपश्चिम प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने देउवा समूहका सम्पूर्ण नेताहरुको उपस्थिति रहेको छ ।
भेलामा जनप्रतिनिधि, प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरु लगायत प्रदेश भरका नेता तथा कार्यक्रताको उपस्थिति रहेको छ ।
यस अघि नेपाली कांग्रेस केन्द्रीय सभापतिको प्रमुख आथित्यतामा भेला सम्पन्न भएको थियो ।



















