धनगढी । कैलालीमा रोकी राखेको ट्याक्टर अनियन्त्रित भई खस्दा बालिकाको मृत्यु भएको छ ।
जिल्लाको मोहन्याल गाउँपालिका–६ सोल्टास्थित बागरादेखि सोल्टातर्फ आउँदै गरेको भे १ त ९०८१ नम्बरको ढुंगा लोड गरी रोकी राखेको ट्याक्टर अचानक सडकबाट अन्दाजी १५/१६ मिटर तल खस्दा नजिकै रहेको धाराबाट पानी लिएर घरतर्फ आउँदै गरेकी सोही ठाँउ बस्ने उदीराम सिजापति मगरको छोरी ९ वर्षीया जैसरा सिजापतिलाई चोट लाग्न गइ घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सोही ठाउँ बस्ने नवराज विकको छोरी ५ वर्षीया मनिषा विक घाइते भई स्थानीय मेडिकलमा उपचार भइरहेको जनाइएको छ । ट्याक्टर धनी मोहन्याल गाउँपालिका–६ बस्ने २२ वर्षीय को जीवन विकलाई प्रहरीले नियन्त्रणमा लिएको तथा ट्याक्टर चालक सुर्खेतको विरेन्द्रनगरन नगरपालिका छिन्छु बस्ने सशिप ओली फरार रहेकोले निजको खोजतलास भइरहेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।



















