धनगढी । कैलालीबाट प्रहरीले अवैध भन्सार छलिका सामान नियन्त्रणमा लिएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिक र वडा नम्बर ७ कालिका चोकबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका अन्दाजी रु ८१ हजार ९ सय ९० बराबरका सामान नियन्त्रणमा लिएको हो ।
उक्त मूल्यका चिनी, सिरप, सुटपिस,पानी तान्ने मोटर,फिल्टर लगायतका सामान मंगलबार जिल्ला प्रहरी कार्यालय मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।













