धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले बकर इद (इद उल अजहा) २०८३ को अवसरमा शुभकामना व्यक्त गरेका छन ।
प्रदेश प्रमुख मियाँले आज एक सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना व्यक्त गरेका हुन्।
शुभकामना सन्देशमा उनले बकर इद मुस्लिम समुदायको ठूलो पर्व भएको उल्लेख गर्दै आपसी रिस, राग र द्वेषलाई बिर्सेर भाइचारा तथा पारिवारिक मिलनका रूपमा मनाइने पर्व भएको बताएका छन्।
उनले नेपालजस्तो भौगोलिक, जातीय तथा सांस्कृतिक विविधता भएको समाजमा यस्ता पर्वहरूले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
प्रदेश प्रमुख मियाँले बकर इद पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, समन्वय, मेलमिलाप तथा भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना समेत दिएका छन्।



















