धनगढी । डडेल्धुरामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन ।
जिल्लाको परशुराम नगरपालिका-१२ पन्तुरा खोलाको किनारमा सोही नगरपालिका-६ सरगौणा बस्ने ७३ वर्षीय धनबहादुर कठायत बुधबार साँझ मृत अवस्थामा फेला परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।













