काठमाडौं । निजामती कर्मचारी र सार्वजनिक कोषबाट तलब बुझ्ने कर्मचारीको तलव वृद्धि भएको छ । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले आव २०८३/८४ को वजेट प्रस्तुत गर्दै सरकारले महँगी भत्तालाई निरन्तरता दिँदै तलबमानमा २१ प्रतिशत बृद्धि गर्ने बताए ।
आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले निजामती कर्मचारी तथा सार्वजनिक कोषबाट तलब बुझ्ने कर्मचारीको तलब १५ प्रतिशत बढाएका थिए ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब न्यूनतम तलब ४० हजार रुपैयाँ हुने र अधिकतम १ लाख हुने बताए ।













