धनगढी । बझाङमा एक जना फरार प्रतिवादी पक्राउ परेका छ्न ।
जिल्ला अदालत बझाङको २०७० माघ २ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १ वर्ष ११ महिना १२ दिन कैद सजाय तोकिएका केदारस्यु गाउँपालोका-३ बस्ने ५५ वर्षीय बिर्ख खाती पक्राउ परेको प्रहरीले जनाएको छ ।
खातीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।













