धनगढी । दार्चुलाबाट लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन ।
जिल्लाको महाकाली नगरपालिका-४ बाङ्गा बगरबाट ११ ग्राम लागुऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित मार्मा गाउँपालिका- ४ घर भई हाल बाङ्गा बगर बस्ने ३१ वर्षीय सन्तोष बर्मा सुनारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगरबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित उनलाई पक्राउ गरेको जनएको छ ।



















