धनगढी । कैलालीबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
सोमबार जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छ्ली गरि ल्याएका अन्दाजी मूल्य रु.१ लाख ९८ हजार ५०० बराबरको कपडा,मल, मिठाई, सिद्रा माछा, प्लाष्टिक झिल्ली लगायतका सामानहरु नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।



















