धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको लम्कीचुहा नगरपालिका-६ बागमारा बस्ने बर्ष २५ को अर्जुन भुलको सोमवार साँझ करेन्ट लागेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
निजलाई घर नजिकै रहेको तराइला नदीमा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट गम्भीर घाइते भई उपचारको लागि भल्का अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।













