धनगढी । धनगढीमा निर्माण हुने राष्ट्रिय समाचार समिति (रासस) सुदूरपश्चिम प्रदेश कार्यालय भवनको मंगलबार शिलान्यास गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्कीले एक कार्यक्रमकाबीच भवनको शिलान्यास गरेका हुन् ।
भवन शिलान्यास गर्दै मन्त्री सार्कीले भवन निर्माण सम्पन्न पश्चात कामकाजलाई सहज र सरल ढंगले अगाडि बढाउन मद्धत पुग्ने बताए ।
भवन निर्माणपछि राससलाई समाचार सम्प्रेषणमा सहयोग पुग्ने उनको भनाइ थियो । प्रदेश सरकारको लगानीमा भवन निर्माण हुन लागेको उनले जानकारी दिए ।
उनले भने ‘आगामी दिनमा पनि प्रदेश सरकारको सहयोग रहेन छ । म निर्माण कम्पनीलाई पनि समयमै निर्माण सम्पन्न गर्न पनि आग्रह गदर्छु ।’
।
कार्यालय भवन निर्माणका लागि पूर्वी हिमशिखर कन्स्ट्रक्सन कैलालीले ठेक्का पाएको छ । भ्याटसहति ५४ लाख २१ हजार पाँच सय ६३ मा ठेक्का पाएको निर्माण कम्पनीले जनाएको छ ।
शिलान्यास कार्यक्रममा रासस सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख सिद्धराज भट्टले भवन निर्माणका लागि प्रदेश सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।



















