धनगढी । कैलालीबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका-१८ डिपो बजार, भजनी नगरपालिका-५ मिलनपुर र वडा नं ६ महादेलीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.४ लाख ४३ हजार ८५० बराबरका सामान नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त मूल्यका चिनी, सुर्ती, वाईरिङ पाईप, फलामको जन्जिर, ट्याकटरका विभिन्न पार्टपुर्जा, एक थान मोटरसाइकल लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।













