धनगढी । कैलालीमा दुई जना फरार प्रतिवादी पक्राउ परेका छ्न ।
जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएकी टीकापुर नगरपालिका-१ बस्ने ५७ वर्षीया गंगादेवी शाह र लागुऔषध मुद्दामा २ महिना कैद सजाय तोकिएका लम्कीचुहा नगरपालिका-२ बस्ने २३ वर्षीय कृष्ण रावल रहेका छन ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।













