धनगढी । कैलालीबाट अवैध लागुऔषधसहित एक महिला पक्राउ परेकी छन ।
जिल्लाको गोदावरी नगरपालिका-२ अत्तरिया डेरा गरी बस्ने कञ्चनपुरको भीमदत्त नगरपालिका-६ महेन्द्रनगर घर भएकी ३६ वर्षीया ममता भट्ट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनलाई अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ ।













